Logo
२७ वैशाख २०८२, शनिबार

रहिनन् रेडियोकर्मी कृष्णा ताम्राकार

अक्षरपाटी
२०७९ चैत्र १० , शुक्रबार ०९:०३ मा प्रकाशित

काठमाडौ। लामो समय रेडियो नेपालमा काम गरेकी रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएकोछ।

८६ वर्षीया ताम्राकारको उपचारका क्रममा न्युरो अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले बताएको छ।

उनले २०१८ सालदेखि रेडियो नेपालमा काम सुरु गरेकी थिइन्। इमान्दार, निडर र हक्की स्वभावकी ताम्राकारको रेडियो पत्रकारितामा लामो योगदान छ। उनको आजै दाहसँस्कार गरिने बताइएको छ।