Logo
८ पुस २०८१, सोमबार

तुलसीपुरमा तार नहटाउनेलाई कारबाहीको तयारी

अक्षरपाटी
२०७९ चैत्र २० , सोमबार ०९:०४ मा प्रकाशित

दाङ। दाङको तुलसीपुरमा अस्तव्यस्त रुपमा तार प्रयोग गरिरहेका सेवाप्रदायक कम्पनीहरुले तार नहटाएमा कारबाहीको तयारी गरिएको छ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले तार नहटाउनेलाई कारबाहकी गर्ने भएको हो ।

प्राधिकरणले नगरका सबै केबुल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीसँग छलफल गरी तार नहटाउनेलाई लाइन काटिदिनेसम्मको निर्णय गरेको छ।

अव्यवस्थित तारले बजार कुरुप बनाएको भन्दै आगामी शुक्रबारसम्म तार हटाउने तयारी गरेको हो। तुलसीपुर बजारलाई अव्यवस्थित बनाउनेमा नेपाल टेलिकमसहित १२ वटा कम्पनी रहेको प्राधिकरणले जनाएको छ।

उनीहरु सबैले आफ्नो तार व्यवस्थित गर्न सघाउने निर्णय भएको छ। यदि कुनै कम्पनीले आफ्नो तार व्यवस्थित नगरेमा त्यस्ता कम्पनीलाई विद्युतको नियमअनुसार कारबाही गरिने भएको छ।

प्राधिकरण र सेवा प्रदायक कम्पनीहरुबीच गत मंसिर २७ मा एक साताभित्र तार व्यवस्थित गर्ने निर्णय भएको थियो।