Logo
२८ असोज २०८२, मंगलबार

गायक शिवको स्वरमा ‘सुस्तरी सुस्तरी’

अक्षरपाटी
२०८० वैशाख २ , शनिबार ०८:०४ मा प्रकाशित

काठमाडौं । लोकप्रिय गायक शिव परियारको सुमधुर स्वरमा ुसुस्तरी सुस्तरीु बोलको गीत सार्वजनिक भएको छ।

गीतका शब्द भुवन न्यौपानेले लेखेका हुन्। वसन्त सापकोटाले संगीतवद्द गरेको गीतमा साहस शाक्यको संगीत संयोजन छ।

अप्रेशनको क्रममा आमाको मृत्यु भएपछि बुवाले बाचेकी छोरीलाई हुर्काउन गरेको त्याग र संघर्षलाई भिडियोमा सुन्दर ढंगले प्रस्तुत गरिएको छ।

म्युजिक भिडियोमा भीम न्यौपाने, गरिमा शर्मा र शिर्वानी थापाको अभिनय छ। बुद्ध थापाले छायाँकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्।

निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।