काठमाडौं २ वैशाख । संघीय संसदका सभामुख देवराज घिमिरेले माओवादी द्वन्द्वको असृर बालबालिकामा परेको बताएका छन्।
कन्सोर्टियम नेपालको आयोजनामा सातै प्रदेशका बालबालिकाको समस्या, सुधार र गर्नुपर्ने कामहरूको बारेमा तयार पारेको प्रतिवेदन सम्बन्धि राष्ट्रिय कार्यशालामा बोल्दै सभामुख घिमिरेले द्वन्द्वकालमा बालबालिकाहरूमा प्रत्यक्ष असर परेको बताए।
उनले अहिले देशमा नयाँ परिस्थिति आएको बताउँदै बदलिएको राजनैनिक परिवेश सँगसँगै बाल अधिकारको भूमिका र संयुक्त राष्ट्रसंघमा नेपालका बालबालिकाहरूको स्थिति, चुनौती, समस्यालगायतमा ध्यानाकर्षण गराए।
उनले बालबालिकालाई देशको कानुन बनाउने संस्था संघीय संसद् कसरी चल्छ, संसद्को नीति र प्रकृयाहरू कस्ता हुन्छन् यो रे जान्न दर्शकको रूपमा संसदको प्रत्येक्ष अनुभव गर्न सुझाए।
नेपालका बालबालिकाहरुको अवस्था, समस्या र सुधार गर्नुपर्ने कामहरुबारेको प्रतिवेदन तयार गर्न कन्सोर्टियम नेपालको सहयोगमा देशका सातै प्रदेशका बालबालिकाहरु राजधानीमा भेला भई प्रतिवेदन तयार गर्दै छन्।
राष्ट्रसंघीय बाल अधिकार सम्बन्धि महासन्धी १९८९ माथि बालबालिकाको नेतृत्वमा तयार गरिने प्रतिवेदन २०२३ को तयारीका लागि सातै प्रदेशका छनौटमा परेका बालबालिकाले राजधानीमा बसेर कार्यशालामा प्रतिवेदन तयार गरिरहेको कन्सोर्टियम नेपालका अध्यक्ष मोहन दंगालले बताए।