Logo
७ पुस २०८१, आईतबार

खुला हुने भयो जग्गाको कित्ताकाट

अक्षरपाटी
२०८० वैशाख ५ , मंगलबार ०८:०४ मा प्रकाशित

काठमाडौं। लामो समयदेखि रोक्का गरिएको जग्गाको कित्ताकाट खुला हुने भएको छ।

मन्त्रिपरिषदको आज बसेको बैठकले भुउपयोग नियमावलीको पहिलो संशोधन गरेसँगै कित्ताकाट खुला हुने भएको हो।

सरकारले कित्ताकाट खुलाउने गरी भुउपयोग नियमावली संशोधन गरेको छ । भुउपयोग नियमावली जेठमा जारी भएको थियो ।

सो नियमावली अनुसार स्थानीय तहले जग्गा वर्गीकरणको काम नसक्दै सरकारले कित्ताकाट खुलाउने निर्णय गरेको हो।

स्थानीय तहलाई मंसिर २३ सम्मको समय दिइएकामा अहिलेसम्म ८० प्रतिशतले पनि जनशक्ति अभाव देखाएर जग्गा वर्गीकरण गरेका छैनन्।

अंशबण्डा र जग्गा बिक्रि रोकिएका कारण कित्ताकाट खुलाउने गरी नियमावली संशोधन गरेको सरकारी प्रवक्ता रेखा शर्माले बताएकी छन्।

सरकारले राष्ट्रिय परिचयपत्रका लागि नागरिकबाट संकलन गरिएका तथ्यांक निजी कम्पनीलाई दिने गरी जारी कार्यविधि खारेज गरेको छ।

तत्कालीन गृहमन्त्री रवि लामिछानेले २०७९ पुस १३ मा कार्यविधि जारी गरेका थिए। कार्यविधिका आधारमा ७ दिनको समय दिएर आह्वान गरिएको बोलपत्रमा एउटा मात्र कम्पनी एड्भान्टेज इन्टरनेसनल प्रालि संलग्न भएको थियो ।