Logo
७ पुस २०८१, आईतबार

पतारीका तत्कालीन अध्यक्षसहित २३ जनालाई भ्रष्टाचार मुद्दा

अक्षरपाटी
२०८० वैशाख ७ , बिहीबार ०६:०४ मा प्रकाशित

सिरहा। सिरहा लक्ष्मीपुर पतारी गाउँपालिकाका तत्कालीन अध्यक्ष रामबल्लभ साह, उपाध्यक्ष आशादेवी यादव, प्रमुख प्रशासकीय अधिकृतसहित २३ जनाविरुद्ध बिहीबार भ्रष्टाचार मुद्दा दर्ता भएको छ।

पुल–कल्भर्ट निर्माणका क्रममा भ्रष्टाचार गरेको अभियोगमा उनीहरुविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

नीहरुविरुद्ध लक्ष्मीपुर–४ स्थित धन्छुवारको पश्चिम कटनिया नदीमा पुल–कल्भर्ट निर्माण समयमै सम्पन्न नगरेको, भएका काम पनि कम गुणस्तरका भएको र भुक्तानी नै गर्न नमिल्ने रकम भुक्तानी गरेको आरोप छ।

उनीहरुले मिलेमतोमा ३१ लाख ७४ हजार ४६७ रुपैयाँ मिलेमतोमा उपभोक्ता समितिलाई भुक्तानी दिएको पुष्टि गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार उनीहरूविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो।

आरोपपत्रमा तत्कालीन गाउँपालिकाका अध्यक्ष साह, उपाध्यक्ष यादव, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, उपभोक्ता समिति अध्यक्षसहित २३ जनालाई विपक्षी बनाइएको छ ।