काठमाडौं । सत्याग्रही डा गोविन्द केसी बागलुङको निसीखोला गाउँपालिकामा बिरामीको उपचारमा खटिएका छन् ।
उनले निसीखोला गाउँपालिकाका विभिन्न वडाका बिरामीको उपचारर गरेका थिए । उनी वडा नं ३ स्थित बोहरागाउँ स्वास्थ्यचौकीमा पुगेर बिरामीको उपचारमा खटिएका हुन् ।
डा केसीले तीन दिनसम्म त्यहाँ बिरामीको उपचार गर्ने छन् । डा केसी गत वर्ष ढोरपाटनको बोबोङ क्षेत्रका नागरिकको उपचारका लागि पुगेका थिए । उनले समय मिले निसीखोला आउने बाचा गरेका थिए ।