काठमाडौं। राष्ट्र बैंकले बचत खातामा दिइने ब्याजदरको अन्तर २ प्रतिशतभन्दा बढी फरक पार्न नपाइने जनाएको छ।
वित्तीय चेतना जारी गर्दै राष्ट्र बैंकले ब्याजदर परिवर्तन गर्दा वा नयाँ ब्याजदर सोही बमोजिम समायोजन (बढ्दा सबैको बढ्ने र घट्दा सबैको घट्ने) व्यवस्था गर्नुपर्ने जनाइएको छ।
बचत खाताको ब्याजदर तथा सम्पूर्ण सर्त र सुविधाप्रति चनाखो भई पूर्ण जानकारी लिन पनि राष्ट्र बैंकले सुझाव दिएको छ।