Logo
८ पुस २०८१, सोमबार

गुजुल्टिएका तार हटाउन काठमाडौं महानगरको १५ दिने म्याद

अक्षरपाटी
२०८० वैशाख १२ , मंगलबार ०४:०४ मा प्रकाशित

काठमाडौं। फोहोर व्यवस्थापन, अव्यवस्थित रुपमा सडकमा खनिने खाल्डाखुल्डीपछि काठमाडौंको अर्को कुरुपता हो, जतातततै लत्रिएका र गुजुल्टिएका तार।

तर अब तीं तार १५ दिनभित्र व्यवस्थित गर्न काठमाडौं महानगरले सूचना जारी गरेको छ। महानगरले काठमाडौं महानगरको सुन्दरता बिगारेको, सार्वजनिक आवागमनमा असर पारेको र आगलागीलगायतका जोखिम भएको भन्दै १५ दिनभित्र तार हटाउन सम्बन्धित निकायलाई अपिल गरेको छ।

बिजुली, टेलिफोन, इन्टरनेट तथा केबल सेवा प्रदायक निकाय तथा संघ, संस्थालाई पोलमा गुजुल्टो बनाएर राखेका तार हटाउन भनेको हो। महानगरले लत्रिएका र चुँडिएका तार आफैँ आटाउन र आवश्यक तारलाई संकेत चिन्ह लगाउन भनेको छ।

भनिएको अवधि अर्थात सूचना निकालेको १५ दिनभित्र तार नहटाए महानगर आफैले हटाउने पनि सूचनामा उल्लेख छ। सम्बन्धित निकाय र संस्थालाई पटकपटक पत्र पठाएर सूचित गर्दा पनि अटेर गरेकाले यसपटक कडा रुपमा प्रस्तुत हुने मनसायमा महानगर देखिएको छ।