Logo
१७ असार २०८३, बुधबार

एसीसी प्रिमियर कप : नेपाल फाइनलमा

अक्षरपाटी
२०८० वैशाख १६ , शनिबार ०५:०४ मा प्रकाशित

काठमाडौं। नेपाल समूह विजेता बन्दै एसीसी प्रिमियर कपको फाइनल प्रवेश गरेको छ।

पानी परेका कारण खेल रद्द हुँदा खेल ४२ ओभरमा छोट्याइएको थियो।

दोस्रो इनिङको ८ दशमलव ३ ओभरमा ६ विकेटको क्षतिमा ३७ रन जोडेर कुवेतले ब्याटिङ गरिरहँदा पुनः वर्षा भएको थियो।

लामो समयसम्म वर्षा नरोकिएपछि समूह विजेताका आधारमा नेपाल विजयी भएको हो।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा दुई सय ८१ रन बनाएको थियो।

नेपालका लागि रोहित पौडेल एक्लैले ९४ रनको योगदान गरे। ९५ बल खेलेका उनले ७ चौका र ३ छक्का प्रहार गरे।

यसैगरी कुशल मल्ल ५७, कुशल भुर्तेल ४३, आशिफ शेख ३१ र आरिफ शेखले १९ रनको योगदान गर्दा सोमपाल कामी १३ रन जोडेर नट आउट रहे।

कुवेतका मोहम्मद अस्लाम र अदनान इद्रिसले समान तीन–तीन विकेट लिँदा यासिन पाटेल र सायिद मोनिबले एक–एक विकेट लिए।

ट्रेन्डिङ ( साप्ताहिक )