Logo
१९ असार २०८२, बिहीबार

पहाडी क्षेत्र र काठमाडौंमा झण्डै ८ प्रतिशतले बढ्यो महंगी

अक्षरपाटी
२०८० जेठ २६ , शुक्रबार ०२:०६ मा प्रकाशित

काठमाडौं। पहाडी क्षेत्र र काठमाडौंमा झण्डै आठ प्रतिशतले महंगी बढेको छ।

तराई र हिमाली जिल्लाको तुलनामा पहाडी क्षेत्र र काठमाडौं उपत्यकामा मूल्यवृद्धि बढेको तथ्यांक नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको हो।

राष्ट्र बैंकले आज सार्वजनि गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार उपभोक्ता मूल्य सूचकांकमा आधारित वाञ्छित सीमा नाघेर सात दशमलव ४१ प्रतिशत पुगेको जनाएको छ।

यो अवधिमा सबैभन्दा धेरै मूल्यवृद्धि काठमाडौं उपत्यकामा सात दशमलव ६८ प्रतिशत र पहाडमा सात दशमलव ५७ प्रतिशत पुगेको जनाएको छ।

तराई क्षेत्रमा सात दशमलव १५ प्रतिशत र हिमालमा सात दशमलव १२ प्रतिशत मुद्रास्फीति रहेको छ।

वैशाख मसान्तसम्मको तथ्यांकअनुसार खाद्य तथा पेयपदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति आठ दशमलव ८९ प्रतिशत रहेको छ।

गत वैशाखमा वार्षिक विन्दुगत थोक मुद्रास्फीति तीन दशमलव ३१ प्रतिशत रहेको थियो। उपभोग्य वस्तुको थोक मूल्य तीन दशमलव १२ प्रतिशतले घटेको छ।