काठमाडौं। नेपाली लोक चानको विगत र वर्तमानबारे बहस भएको छ।
सो गोष्ठीमा नेपाली लोक नृत्यको संरक्षणमा राज्यपक्षबाटै पहल गरिनुपर्ने सम्बन्धि कलाकारहरुले धारणा राखे।
नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी सभा सदस्य शान्ति कठायतले लोक नृत्यमा नेपाल धनी भएको बताइन्।
कार्यक्रममा पश्चिमा नृत्यले हाम्रो लोकनृत्यलाई अतिक्रमण गरिरहेका पनि उनीहरुले बताएका छन्।
गोष्ठीको आयोजना नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको नृत्य विभागले गरेका हो।
नेपाली लोक नाचको बिगत र वर्तमान शिर्षकमा सो समारोहमा वरिष्ठ नृत्य निर्देशक केपी पौडेलले कार्यपत्र पेश गरेका थिए।
उनको कार्यपत्रमाथि टिप्पणी गर्दै नृत्य निर्देशक रमेश थापाले कार्यपत्रमा धेरै कुरा समेटिएको बताए।
लोकसँस्कृतिविद रामप्रसाद कँडेलले कार्यपत्रमा टिप्पणी गर्दै त्यसमा छुटेको कुराहरु औंल्याई दिए।
सो कार्यक्रमको सहजीकरण गरेका प्राज्ञ सभा सदस्य महेश गोदारले कार्यपत्रबारे चर्चा गरे।
प्रज्ञा प्रतिष्ठानका परिषद् सदस्य तथा नृत्य विभाग प्रमुख बखत बहादुर हमाल (सुबर्ण)ले आफूहरुले नेपाल लोक नृत्य संरक्षण र प्रवर्धनमा सक्दो काम गर्ने प्रतिबद्धता जनाए।
नेपालका प्रथम नृत्य निर्देशक भैरबबहादुर थापाले गाउँ गाउँमा पुगेर आफूले विभिन्न लोक नृत्यहरु ल्याएर त्यो नृत्य अरुलाई प्रशिक्षण दिँदै नेपाली लोक नृत्यको सँरक्षण गर्दै आएको बताए।
नृत्यबारे नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचीव धनप्रसाद सुवेदी, नेपाल सङ्गीत तथा नाटय प्रज्ञा प्रतिष्ठानका सदस्य सचीव कुश्मा महराले नेपालमा नृत्यको अबस्थाबारे प्रकाश पारे।
वरिष्ठ नृत्य निर्देशक राधेश्याम प्रधान, नारायणदेवि प्रधान, नेपाल सङ्गीत तथा नृत्य निर्देशक संघका महासचिव नृपध्वज खत्रीले पनि नेपालमा लोकनृत्यको अबस्थाबारे सो कार्यक्रममा आफ्नो भनाइराखे।
प्राज्ञ परिषद सदस्य सुवर्णको संयोजकत्वमा आयोजितो सो कार्यक्रममा सो प्रतिष्ठानकी कुलपति निशा शर्माले नृत्यको महत्ववारे प्रकाश पारिन्।
समारोहमा संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका नाट्य विभाग प्रमुख हिसन बहादुर मगर , परम्परागत तथा शास्त्रीय विभाग प्रमुख डाक्टर किरात, लोक सङ्गीत विभाग प्रमुख टीका पुनलगायतका उपस्थिति थियो।