Logo
२२ मंसीर २०८२, सोमबार

साउदीमा गोली चल्दा एक नेपाली सुरक्षा गार्डको मृत्यु

अक्षरपाटी
२०८० असार १४ , बिहीबार १०:०६ मा प्रकाशित

काठमाडौं । साउदी अरबको जेद्दस्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गाली चलेको छ।

उक्त गोलीकाण्डमा एक नेपाली सुरक्षा गार्डसहित दुई जनाको मृत्यु भएको अलजजिराले जनाएको छ।

बुधबार कारमा सवार एक व्यक्ति जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास अगाडि बन्दुक लिएर ओर्लिएर गोली चलाउँदा उक्त घटना भएको समाचारमा उल्लेख छ।

अमेरिका र साउदी अरबका अधिकारीले पनि घटनाको पुष्टि गरेका छन्। कारमा आएका बन्दुकधारीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिन खोज्दा उनले गोली चलाएका थिए।

मृत्यु हुनेमा नेपाली सरक्षा गार्ड भए पनि उनको पहिचान नखुलेको समाचारमा उल्लेख छ।