Logo
२४ भदौ २०८२, मंगलबार

आज असार १५, गाउँघरमा रोपाइँ, सहरमा दही चिउरा खाएर धान दिवस मनाइँदै

अक्षरपाटी
२०८० असार १५ , शुक्रबार १०:०६ मा प्रकाशित

काठमाडौं १५ असार। मानो रोपेर मुरी भित्र्याउने किसानका लागि आज भ्याइनभ्याइ छ। मध्ये असार अर्थात १५ गते आज किसानहरुले बर्खे बाली लगाउने काम मध्ये भागमा पुगेको दिनका रुपमा लिन्छन्।

आज अधिकांश पहाडी भेगका किसानले धान रोप्ने मैझारो गर्छन भने तराइँ भागमा कामको चटारो सुरु भएको रुपमा लिन्छन्।

आजको दिनलाई २० वर्षदेखि धान दिवसका रुपमा मनाउ थालिएको छ। ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादन वृद्धि’ मूल नाराका साथ आज पनि २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर मनाइँदैछ।

गाउँ गाउँमा किसानले धान रोपेर असार १५ मनाए पनि सहरी क्षेत्रमा भने दही चिउरा र मिठो परिकार खाएर धान दिवस मनाउने गरेका छन्।

सहरबजारमा आज दही, चिउरा, फलफूलको माग उच्च भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतका विभिन्न निकाय तथा विभागले विचार गोष्ठी तथा रोपाइँ गरेर महोत्सव मनाइरहेको कृषि विभागले जनाएको छ।

खेतीपाती नगर्ने र अन्य पेसा र व्यवसाय गर्ने नेपालीले पनि आज धान दिवसका अवसरमा दही चिउरा खाएर असार १५ मनाइरहेका छन्।

मध्य गर्मीको यो समयमा गाउँघरमा भने युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन समेत गर्छन।

असार १५ धान दिवस