Logo
१२ जेठ २०८२, आईतबार

‘द कलेज एम्बेसडर’ को उपाधि अधिश र आलिया

अक्षरपाटी
२०७९ भदौ १८ , शनिबार ०५:०९ मा प्रकाशित

काठमाडौँ । ‘द कलेज एम्बेसडर २०२२’ को उपाधि विजेता अधिश वैद्य र आलिया खानले जितेका छन् । हेराल्ड कलेजका वैद्यले पुरुष तथा द टाइम्स इन्टरनेशनल कलेजकी खानले महिला तर्फको उपाधि चुमेका हुन्।

रसियन कल्चर सेन्टर कमलपोखरीमा शुक्रवार अवेर सम्पन्न प्रतियोगीतामा फष्ट रनरअप सलिना महाराजन (किस्ट कलेज) र नरेश सुनाम (काठमाडौं स्कुल अफ सेन्ट्रल स्टेट) चुनिदा सेकेन्ड रनरअप मनिषा प्रधान (गोल्डेन गेट) र निरञ्जन पोखरेल (किस्ट कलेज) घोषित भए । विजेता उपाधिका साथमा विभिन्न अवसर र गिफ्ट पुरस्कारको रुपमा प्राप्त गरे।

कार्यक्रम व्यवस्थापन, चलचित्र निर्माण लगायत कार्यमा एकदशक बढी समयदेखि क्रियासिल ग्रीन आर्ट्स मिडियाले नेपालको इतिहासमा सन् २००७ देखि सुरु गरेको ‘द कलेज एम्बेसेडर’ को यो ११ औं संस्करण हो।

बिभिन्न क्षेत्रका प्रतिस्थित ब्यक्तिहरु महेन्द्र प्रसाद जोशी, रोहिया महर्जन, दिवास योन्जन, स्वप्निल सिंह निर्णायक रहेको प्रतियोगीताको फाइनलमा ८ महिला र ८ पुरुष रहेका थिए।

कलेज अध्यायनरत युवायुवतीको प्रतिभा निर्खादै उनीहरूलाई भविष्य निर्माणमा उचित मार्ग निर्देशन गर्ने उदेश्यले कार्यक्रम आयोजना हँुदै आएको ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए।

द कलेज एम्बेसडर