Logo
१३ असार २०८३, शनिबार

सिपि हस्पिटलमा १ हप्तासम्म निःशुल्क विशेषज्ञ सेवा

अक्षरपाटी
२०८२ माघ १५ , बिहीबार १२:०१ मा प्रकाशित

धनगढी। धनगढी उपमहानगरपालिका–३, बोराडाँडीस्थित सिपि हस्पिटल प्रा.लि. मा माघ १८ गतेदेखि २४ गतेसम्म निःशुल्क विशेषज्ञ (OPD) सेवा सञ्चालन हुने भएको छ।

निःशुल्क (OPD) सेवाअन्तर्गत वरिष्ठ युरोलोजिस्ट डा. विभूषित महत ले किड्नी तथा पिसाबसम्बन्धी समस्या पिसाब पोल्ने वा रगत आउने, प्रोस्टेट बढ्ने, किड्नी तथा मुत्रनलीको पत्थरी, पिसाब रोकिने, ढाड वा पेटको तल्लो भाग दुख्ने लगायतका रोगको जाँच तथा परामर्श दिनेछन्।

त्यसैगरी न्युरोसाइकेट्रिक तथा मानसिक एवं नशा रोग विशेषज्ञ डा. शैलेन्द्र प्रसाद जोशी ले तनाव, डिप्रेसन, निद्रा नलाग्ने, छारे रोग, टाउको दुख्ने, सम्झन शक्ति कमजोर हुने, व्यवहार परिवर्तन तथा रक्सी, सुर्ती र लागूपदार्थजस्ता नशा छोड्न कठिन हुने समस्यामा परामर्श सेवा प्रदान गर्नेछन्।

हस्पिटलले सर्वसाधारणको पहुँचमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले निःशुल्क (OPD) सञ्चालन गरिएको जनाएको छ।

सिपि हस्पिटल