Logo
४ वैशाख २०८३, शुक्रबार

परीक्षा : चुनौती होइन, अनमोल अवसर

अक्षरपाटी
२०८२ माघ १४ , बुधबार १०:०१ मा प्रकाशित

  • जब विद्यार्थी ‘म सक्दिन’, ‘परीक्षा धेरै गाह्रो हुन्छ’, ‘म फेल हुन्छु’ भन्ने नकारात्मक सोचमा डुब्छ, परीक्षा स्वाभाविक रूपमा चुनौती बन्छ।
  • सकारात्मक सोच राख्नेहरूका लागि कुनै पनि परिस्थिति चुनौती होइन। परीक्षा उनीहरूका लागि आफ्नो क्षमताको प्रमाण प्रस्तुत गर्ने सुनौलो अवसर हो।

o गणेश जाेशी

जीवन आफैमा निरन्तर परीक्षा हो। जन्मदेखि मृत्युसम्म मानिस हरेक मोडमा कुनै न कुनै परीक्षाबाट गुज्रिरहेको हुन्छ। केही न केही सिकिरहेको हुन्छ।

कहिले धैर्यको परीक्षा, कहिले चरित्रको, इमान्दारीको त कहिले परिश्रमको अनि कहिले विवेकको। ती सबै परीक्षाहरूको अभ्यासस्थल भनेकै विद्यार्थी जीवन हो। त्यसैले भनिन्छ— विद्यार्थी जीवन भनेको परीक्षाहरूको संगम हो।

परीक्षालाई कसरी बुझिन्छ भन्ने कुरा व्यक्तिको सोच, दृष्टिकोण र मानसिकतामा निर्भर हुन्छ। एउटै परीक्षा कसैका लागि भय, तनाव र चुनौती हुनसक्छ भने अर्काे कसैका लागि अवसर, उत्सव र आत्ममूल्याङ्कनको माध्यम बन्न सक्छ।

यही द्वीपक्षीय दृष्टिकोण- ‘परीक्षा एक चुनौती र परीक्षा एक अनमोल अवसर’लाई वैदिक वाङ्मय, आधुनिक विश्वदृष्टिकोण र नेपालको एसईई परीक्षाको सन्दर्भमा विश्लेषण गर्दै विद्यार्थीलाई उत्प्रेरित गर्ने उद्देश्यले यो लेख तयार गरिएको हो।

वैदिक वाङ्मयमा परीक्षा र जीवन दर्शन

वैदिक वाङ्मयले जीवनलाई कर्म, धर्म र ज्ञानको यात्राका रूपमा व्याख्या गर्छ। भगवद्गीतामा भगवान् श्रीकृष्ण अर्जुनलाई भन्छन्

‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।’

अर्थात् : तिमीलाई कर्म गर्ने अधिकार छ, फलको चिन्ता नगर्नू।

यो श्लोक परीक्षार्थी जीवनका लागि मात्र होइन, सम्पूर्ण जीवन दर्शनका लागि मार्गदर्शन हो। परीक्षा भनेको फल होइन, कर्मको परीक्षण हो। जसले इमानदारीपूर्वक अध्ययन गर्छ, निरन्तर अभ्यास गर्छ र आत्मविश्वासका साथ परीक्षा दिन्छ, उसले परिणाम जे आए पनि आफूलाई हारेको महसुस गर्दैन।

वेद र उपनिषद्‌हरूमा तप (परिश्रम), स्वाध्याय (निरन्तर अध्ययन) र श्रद्धालाई सर्वोच्च स्थान दिइएको छ। गुरुकुल परम्परामा परीक्षा कुनै डरको विषय थिएन, त्यो त शिष्यको ज्ञान, अनुशासन र चरित्रको मूल्याङ्कन गर्ने अवसर थियो। त्यसैले वैदिक दृष्टिमा परीक्षा डर होइन, साधनाको फल चाख्ने क्षण हो।

परीक्षा किन चुनौति लाग्छ?

आदर्श दृष्टिकोणमा परीक्षा एक अनमोल अवसर नै हो तर पनि व्यवहारमा धेरै विद्यार्थीका लागि परीक्षा चुनौती बनेर आउँछ। यसो हुनुका कारणहरू निम्न छन्:

१. सकारात्मक सोचको अभाव

जब विद्यार्थी ‘म सक्दिन’, ‘परीक्षा धेरै गाह्रो हुन्छ’, ‘म फेल हुन्छु’ भन्ने नकारात्मक सोचमा डुब्छ, परीक्षा स्वाभाविक रूपमा चुनौती बन्छ। सोच नै कमजोर भयो भने क्षमता हुँदाहुँदै पनि प्रदर्शन कमजोर हुन्छ।

२.अध्ययनको निरन्तरता नहुनु

अन्तिम समयमा रातदिन पढेर परीक्षा पास गर्ने सोचले तनाव मात्र बढाउँछ। नियमित अध्ययन नभएपछि परीक्षा डरलाग्दो पहाड जस्तै देखिन्छ।

३.आत्मविश्वासको कमी

आफूले पढेको कुरामा विश्वास नहुनु, आफूलाई अरूसँग तुलना गर्नु र सधैं डरमा बस्नुले परीक्षा कठिन बनाउँछ।

४. अधुरो तयारी

तयारी अधुरो हुँदा परीक्षा ‘नभइदिए हुन्थ्यो’ भन्ने सोच आउनु स्वाभाविक हो। यस्तो अवस्थामा परीक्षा चुनौतीभन्दा पनि बोझ जस्तो लाग्छ।

५. आशावादिताको अभाव

आशा, उत्साह र उद्देश्यविना पढाइ गरिँदा परीक्षा जीवनको रमाइलो पक्ष बन्न सक्दैन।

परीक्षा एक अनमोल अवसर :-

१. अध्ययनमा रमाउनेहरूका लागि

जो विद्यार्थी पढाइलाई बोझ होइन, आनन्दका रूपमा लिन्छन्, उनीहरूका लागि परीक्षा आफूले सिकेको कुरा देखाउने उत्सव हो।

२. नियमित अभ्यास गर्नेहरूका लागि

निरन्तर अभ्यास गर्ने विद्यार्थी परीक्षा आउन प्रतीक्षा गरिरहेका हुन्छन्, किनकि त्यो उनीहरूको मेहनतको मूल्याङ्कन गर्ने अवसर हो।

३. सकारात्मक सोच भएका विद्यार्थी

सकारात्मक सोच राख्नेहरूका लागि कुनै पनि परिस्थिति चुनौती होइन। परीक्षा उनीहरूका लागि आफ्नो क्षमताको प्रमाण प्रस्तुत गर्ने सुनौलो अवसर हो।

४. आत्मविश्वासी विद्यार्थी

आफूमा विश्वास गर्ने व्यक्तिले संसार जित्न सक्छ। परीक्षा त उनीहरूका लागि जीवनका साना चरण मात्र हुन्।

५. आशावादी दृष्टिकोण

आशा राख्ने, कर्ममा विश्वास गर्ने र भविष्यप्रति उत्साहित विद्यार्थी परीक्षा पर्खिरहेका हुन्छन्, डराइरहेका हुँदैनन्।

वर्तमान विश्व समाज र परीक्षाको भूमिका

आजको विश्व प्रतिस्पर्धात्मक छ। ज्ञान, सीप र क्षमता नै सफलताको आधार बनेका छन्। परीक्षा प्रणाली संसारभरि कुनै न कुनै रूपमा विद्यमान छ- चाहे त्यो शैक्षिक होस्, पेशागत होस् वा जीवनका अन्य चरणहरूमा।

विकसित राष्ट्रहरूमा परीक्षा केवल अंक ल्याउने माध्यम होइन; त्यो समस्या समाधान गर्ने क्षमता, सिर्जनात्मक सोच र व्यवहारिक ज्ञान जाँच्ने प्रक्रिया हो। यस सन्दर्भमा परीक्षा व्यक्तित्व विकासको एउटा महत्वपूर्ण खुड्किलो हो।

नेपालको सन्दर्भमा एसईई परीक्षा

नेपालमा एसईई (Secondary Education Examination) लाई विद्यार्थी जीवनको अध्ययनको यात्रामा ठूलो अवसर मानिन्छ। यसलाई धेरैले ‘आइरन गेट’ भन्छन्। यद्यपि यो नामले डर पैदा गरे पनि वास्तविकता के हो भने-एसईई एउटा अवसर हो, अन्त्य होइन।

एसईईले विद्यार्थीलाई आफ्नो रुचि, क्षमता र भविष्यको दिशा पहिचान गर्न सहयोग गर्छ। राम्रो नतिजाले आत्मविश्वास बढाउँछ, तर औसत नतिजाले पनि जीवन रोकिँदैन। संसारका धेरै सफल व्यक्तिहरू औसत विद्यार्थी थिए, तर उनीहरूको सोच, परिश्रम र दृष्टिकोण असाधारण थियो।

एसईईमा उत्कृष्ट नतिजाका लागि के गर्नुपर्छ?

१. सकारात्मक सोच र आत्मविश्वासको विकास।
२. नियमित अध्ययनलाई जीवनशैली बनाउनुहोस्।
३. म सक्छु भन्ने भावनको विकास।
४. हरेक दिनको लक्ष्य निर्धारण ।
५. समय व्यवस्थापनमा संवेदनशिल । 
६. आफ्नो लक्ष्यप्रति ईमान्दार ।
७. परीक्षालाई डर होइन, अवसरका रूपमा हेर्नुहोस्।
८ आफ्नो कर्ममा विश्वास राख्नुहोस्।
९. शिक्षक, अभिभावक र साथीहरूसँग सहयोगात्मक सम्बन्ध राख्नुहोस्।
१०. स्वास्थ्य, निद्रा र मानसिक सन्तुलनमा ध्यान दिनुहोस्। योग, ध्यान र प्राकृतिक जीवनशैली व्यवस्थापन।

निष्कर्ष

अन्ततः परीक्षा न त शत्रु हो, न त अभिशाप। परीक्षा त जीवनले दिएको एउटा अवसर हो- आफूलाई चिन्ने, आफ्नो क्षमता नाप्ने र भविष्यतर्फ एक कदम अगाडि बढ्ने अवसर।

वैदिक वाङ्मयले सिकाएको कर्मयोग, आधु

(लेखक : चैतन्य पाठशालाका सञ्चालक तथा निर्देशक हुन् )

गणेश जोशी

ट्रेन्डिङ ( साप्ताहिक )