Logo
१६ चैत्र २०८०, शुक्रबार

असोज १ मा सरोज गोपाल स्मृति सांगीतिक साँझ

अक्षरपाटी
२०७९ भदौ २१ , मंगलबार १०:०९ मा प्रकाशित

पोखरा। पोखरामा आगामी असोज १ गते सरोज गोपाल स्मृति साँझ हुने भएको छ।

कालजयी गीतहरूका संकलक तथा गायक सरोज गोपाल बज्राचार्यको आठौँ स्मृति दिवसको अवसर पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा सांगीतिक साँझ गर्न लागिएको हो।

आफ्नो जीवनकालमा स्व सरोज गोपालले देउराली उकाली चढेर… नक्कलीलाई भगाई लग्यो झिल्केले… दाइको घर कहाँ हो कहाँ… करोडौँ मुटुहरुको ढुकढुकी…जस्ता दर्जनौँ चर्चित लोक तथा राष्ट्रिय गीतका माध्यमबाट नेपाली गीतमार्फत सांगीतिक क्षेत्रमा विशिष्ट योगदान पु¥याएका थिए।

पोखरेली युवा सांस्कृतिक परिवारका संस्थापक अध्यक्षसमेत रहेका बज्राचार्यको सम्झनामा सरोज गोपाल स्मृति सांगीतिक साँझको आयोजन गर्न लागिएको परिवारका अध्यक्ष मोती भुजेलले जानकारी दिए।

संगीतकार सुनिल थापाको संगीत संयोजन रहने सो सांगीतिक साँझमा गायक गायिका कर्ण दास, तारा थापा, बाबा राणा, रामभक्त जोजीजु, विनोद बानियाँ, इतु जोजीजु, विनित जोजीजु, फिरोज गोपाल बज्राचार्यलगायत स्वरमा सरोज गोपालका गीत सुन्न सकिने जनाइएको छ।

पोखरा सरोज गोपाल स्मृति साँझ