Logo
१५ वैशाख २०८१, शनिबार

द्रुत मार्गको कानुन विपरीत ठेक्कामा संलग्न पदाधिकारीलाई कारबाही गर्न निर्देशन

अक्षरपाटी
२०७९ भदौ २६ , आईतबार ०७:०९ मा प्रकाशित

काठमाडौं। प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले काठमाडौं–तराई(मधेस दु्रतमार्ग आयोजनामा कानून विपरीत ठेक्का व्यवस्थापनको काममा संलग्न आयोजना प्रमुखलगायत जिम्मेवार पदाधिकारीलाई कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएको छ।

समितिको आज बसेको बैठकले आगामी दिनमा विगतमा भएका कमीकमजोरी दोहोरिन नदिने गरी काम अघि बढाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र रक्षा मन्त्रालयलाई निर्देशन गरेको हो।

समितिले गत चैत १३ गतेको निर्देशनअनुसार छानबिन समिति गठन भएकामा त्यसले प्याकेज नम्बर ४ र ५ को ठेक्का सम्झौता सार्वजनिक खरिद ऐनको दफा २७ (३) बमोजिम नभएको पुष्टि गरेको थियो। समितिले पनि आयोजनालाई पटकपटक कानूनबमोजिम ठेक्का प्रक्रिया सम्पन्न गर्न निर्देशन दिएको थियो।

रक्षा मन्त्रालयको योजना तथा अन्तर्राष्ट्रिय समन्वय महाशाखा प्रमुख एवं सहसचिव बाबुराम अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन भएको थियो। यसअघि नै छानबिन समितिले प्रतिवेदन समितिलाई बुझाइसकेको छ।

काठमाडाै-तराइँ कारवाही