Logo
१३ वैशाख २०८१, बिहीबार

बिरही कार्कीको मायाको ढोका खोलिदेऊ

अक्षरपाटी
२०७९ भदौ १९ , आईतबार ०२:०९ मा प्रकाशित

काठमाडौं। गायक बिरही कार्कीको सांगीतिक कोशेली ‘मायाको ढोका खोलिदेउ’ लोकार्पण भएको छ।

म्यूजिक खबरको आयोजनामा नयाँबानेश्वरस्थित एभरेष्ट लाउन्जको सभाहलमा गायक, संगीतकार एवं निर्देशक नारायण रायमाझीको प्रमुख आतिथ्यतामा गीत सार्वजनिक गरिएको हो।

त्यसैगरि विशेष अतिथिको रुपमा गीतकार डा. राजुबाबु श्रेष्ठ, गायक, गीतकार संघका उपाध्यक्ष बसन्त वित्यासी थापा, सञ्चारकर्मी एवं सामाजिक अभियन्ता कृष्ण कँडेल, एभरेष्ट नेपाल कल्चरल गु्रपका अध्यक्ष आरसी कोइराला, गायिका अन्जु पन्त, अभिनेत्री शिल्पा पोखरेल, मोडल सागर लम्साल बले लगायत कार्यक्रममा विशिष्ट कलाकारहरु, पत्रकारहरु र संगीतअनुरागीको बाक्लो उपस्थिति थियो ।

सञ्चारकर्मी सुमन बैरागी पण्डितले उपस्थित अतिथिहरुलाई स्वागत गरेका थिए । त्यस्तै बरिष्ठ पत्रकार गोबिन्द गिरीले गायक बिरही कार्कीको व्यक्तित्व र सांगीतिक क्षेत्रमा पु¥याएको योगदानका बारेमा प्रकाश पारेका थिए ।

सार्वजनिक गीतमा गायक बिरही कार्कीको साथमा लोकप्रिय गायिका अन्जु पन्तको स्वर रहेको छ।

गीतको शब्द तथा संगीत गायक कार्कीका नै हुन् । श्यामश्वेत रसाइलीको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ गीतलाई प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

शंकर बिसीको निर्देशन तथा नृत्य निर्देशनमा तयार भएको भिडियोमा सागर लम्साल ‘बले’ र शिल्पा पोखरेलको अभिनय रहेको छ।
करण चैसिरले छायांकन गरेको भिडियालाई नबिन घर्ती मगरले सम्पादन गरेका हुन् ।

गीत लोकार्पण