Logo
१४ वैशाख २०८१, शुक्रबार

निसर्ग हस्पिटलमा चिरफारबिना पाठेघरको अप्रेसन

अक्षरपाटी
२०७९ असोज ७ , शुक्रबार ०८:०९ मा प्रकाशित

धनगढी । धनगढी स्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिले चिरफार बिना नै पाठेघरको अप्रेसनलाई नियमित गरेको छ।

अस्पतालले ल्याप्रोस्कोपी प्रविधिको मद्दतबाट पाठेघर निकाल्ने प्रविधि प्रयोग गरी चिरफार बिना नै पाठेघरको अप्रेसन थालेको हो।

पछिल्लो केही समययता पाठेघरका बिरामी यो विधिबाट उपचार गर्न आकर्षित भइरहेको अस्पतालले जनाएको छ। चिरफार नगरी पाठेघरको अप्रेसनगर्दा बिरामीलाई कम पीडा हुने, अप्रेसन गरेको पर्सिपल्टै घर पठाउन सकिने, संक्रमणको सम्भावना कम हुने तथा बिरामी छिट्टै नियमित काममा फर्किन सक्ने निसर्ग हस्पिटलकी स्त्री तथा प्रशुती रोग विशेषज्ञ डाक्टर नजमुस्वबा अन्सारीले बताइन्।

निसर्ग हस्पिटलकी स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा नजमुस्वबा अन्सारी, स्त्री तथा प्रसुतीरोग विशेषज्ञ डा सुरेन्द्र भट्ट, ऐनेस्थेसियोलोजिस्ट डा हेमन्त ओझा लगायतको टिमले चिरफार बिना नै पाठेघरको अप्रेसन सेवा दिइरहेको छ।