



धनगढी। बसर युवा क्लबका अध्यक्ष गणेश देउवाले आफ्नो जन्मदिनको अवसरमा चुरे गाउँपालिकाका महिला तथा आमाहरूलाई सेनेटरी प्याड वितरण गरेका छन्।
महिलाको स्वास्थ्य, सुरक्षित महिनावारी तथा महिनावारीसम्बन्धी छुवाछुत र विभेद अन्त्यबारे सचेतना फैलाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको देउवाले बताए।
उनले यस वर्ष चुरे गाउँपालिकाका ६ वटै वडाका महिलालाई सेनेटरी प्याड वितरण गरेका हुन्। महिलाको स्वास्थ्य, सुरक्षित महिनावारी, सरसफाइ तथा महिनावारीका नाममा हुने छुवाछुत र विभेद अन्त्यका लागि सचेतना फैलाउने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको उनले बताए।
सामाजिक सेवामार्फत जन्मदिन मनाउने परम्परालाई निरन्तरता दिँदै आएका देउवाले विगतमा पनि विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, वातावरण संरक्षणका लागि डस्टबिन सहयोग तथा आश्रमहरूमा खाद्यान्न वितरणलगायतका कार्य गर्दै आएका छन्।
देउवाको यो अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको स्थानीयवासीले बताएका छन्।
गणेश देउवा


