Logo
८ वैशाख २०८१, शनिबार

गजल : काख तिम्रो होस्

अक्षरपाटी
२०७९ कात्तिक ४ , शुक्रबार ०९:१० मा प्रकाशित

० उषा जोशी

झर्दा आँसु पुछ्ने सुन्दर हात तिम्रै होस्
दुख्दा मुटु मैले पाउने, साथ तिम्रै होस्

निदाउँदा मैले देख्ने सपनी तिम्रै होस
बिउझे भने सुन्ने पहिलो, ध्वनी तिम्रै होस्

उकाली र ओरालीमा साथ तिम्रै होस्
मेरो खुसी लिइआउने, रात तिम्रै होस्

थाक्दा मलाई बिसाउने घर तिम्रो होस्
एक्लो हुँदा जिन्दगीमा भर तिम्रो होस्

मलाई आभाष हुने अनुराग तिम्रो होस्
मैले अन्तिम श्वास लिने, काख तिम्रो होस्