Logo
८ वैशाख २०८१, शनिबार

गजल : बढाबढमा आत्मा…

अक्षरपाटी
२०७९ कात्तिक १२ , शनिबार ११:१० मा प्रकाशित

  • एस. आँशु

क्या गजब छ समय फेरिएन कहिल्यै
गलामा जितको हार बेरिएन कहिल्यै

न ओढ्न पुग्यो स्वाभिमानले, न ओच्छ्याउन
बेच भन्थे बढाबढमा आत्मा, बेचिएन कहिल्यै

मरे कति चाहना, ओइलिए कति रहरहरु
तर निष्ठाको धरोहर छेकिएन कहिल्यै

वाह ! क्या थियो जादुमयी जोवन, र थियो जवानी
आगो बनेर नौनी छेउ, टेकिएन कहिल्यै

हो, मैले पनि प्रेम गीत गुनगुनाएँ निरन्तर
च्यातिजाने कागजमा लेखिएन कहिल्यै

 

गजल
यो पनि हेर्नुहोस् : गजल : …त्यो प्रेम हो