Logo
१६ असोज २०८३, शुक्रबार

गजल

अक्षरपाटी
२०८३ वैशाख २३ , बुधबार १०:०५ मा प्रकाशित

o धर्मानन्द भट्ट

अभाव दु:ख पीडा पीर उस्तै उस्तै रहेछ
तिम्रो अनि मेरो तकदीर उस्तै उस्तै रहेछ

बग्नै पर्छ ठोक्किएर दुखे पनि जिन्दगी
वारीपारी दुबैतिर भिर उस्तै उस्तै रहेछ

असहज हुँदै भएन मैले तिमीलाई चिन्न
तिमी त्यो तिम्रो तस्बिर उस्तै उस्तै रहेछ

बाँधिएपछि बोक्नै पर्ने चाहे नचाहे नि
जिम्मेवारी र जञ्जिर उस्तै उस्तै रहेछ

घोचेर दुखाउँछ उसै गरि किन किन
तिम्रो वचन त्यो तीर उस्तै उस्तै रहेछ

कमाउने जमाउने रहर गर्दैन उसले
एक्लो यात्री फकिर उस्तै उस्तै रहेछ

गजल धर्मानन्द भट्ट
यो पनि हेर्नुहोस् : गजल

ट्रेन्डिङ ( साप्ताहिक )