Logo
८ वैशाख २०८१, शनिबार

साहसी गगनलाई बालकदेखि बुज्रुकको साथ

अक्षरपाटी
२०७९ कात्तिक २८ , सोमबार ०९:११ मा प्रकाशित

काठमाडौं। वहालवाला प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले आफू छैटौंपटक प्रधानमन्त्री बन्ने घोषणासहित चुनावमा होमिएका बेला उनीसहित शीर्ष र प्रभावशाली नेताहरुलाई चुनौती दिँदै पार्टीका महामन्त्री रहेका गगन थापा आफू प्रधानमन्त्री बन्ने अठोटका साथ चुनावमा होमिएका छन्।

पार्टी सभापतिका सामु स्वभाविक प्रस्ताव र विरोध गर्न नसक्ने अधिकांस शीर्ष नेताहरुको मौनतालाई समेत चुनौति दिँदै गगन थापाले अबको प्रधानमन्त्रीका रुपमा आफूलाई प्रस्तुत गर्नु राजनीतिक साहस मात्र होइन आफ्नै लागि चुनौति पनि हो।

उनको यो घोषणा, योजना र सासहको लडाइँ भोलि संसदीय दलको नेताका लागि हुने रस्साकस्सीमा झनै कठोर बन्नसक्ने अनुमान राजनीति वृत्तमा हुनथालको छ।

तर सँधै विचार, योजना र साहससहितको नेतृत्व परिवर्तनको पक्षमा वकालत गर्दै आएका थापाले यसपटक आफ्नै विचारलाई व्यवहारमा लागू गर्ने हिम्मत भने देखाएका छन्।

देशभर मूल पार्टीहरु परम्परावादी, यथास्थितिबादी, सामन्ती सोचबाट प्रेरित जमिन्दारी प्रथामा चलेको आरोपसहित युवा पुस्ताको वितृष्ण बढिरहेका बेला गगनको कदमलाई भने धेरैले रुचाएका छन्।

उनले बोलेर मात्र होइन, व्यवहारमा पनि सुरु गर्नुपर्छ र त्यो अझ आफैबाट गर्नुपर्छ भन्ने अठोटसहित गरेको प्रधानमन्त्री बन्ने घोषणाका पक्षमा बच्चाबच्चादेखि, युवा, वुद्धिजीवी मात्र होइन अग्रज र बुजु्रक पुस्ता पनि देखिएको छ।

यतिबेला चुनावी प्रचारप्रसार तीव्र रुपमा बढिरहेको छ। जहाँ गगन पनि हरेक जनताको घर टेक्ने र आसिर्वाद लिने दौडमा छन्। उनी जहाँजहाँ पुग्छन्, उनका समर्थकहरुको लाइन नै लाग्ने गरेको छ। तर उनका लागि आम समर्थन जसरी उर्लिएको देखिन्छ, आन्तरिक राजनीति भने कतै न कतै कठोर हुनसक्ने अनुमानहरु पनि गरिन थालेका छन्।

युवा मात्रै होइन बालबालिका, अपांगता भएका नागरिकदेखि जेष्ठ नागरिकसम्म भोलिको प्रधानमन्त्रीका रुपमा गगनको जितको कामना गरिरहेको छन्। तस्विरमा हेर्नुसः

युवापुस्तासँग सेल्फी लिँदै थापा।

चुनावी घरदैलोका क्रममा बाटोमा भेटिएका विद्यार्थीको सुभेच्छा लिँदै गगन।

चुनावी अभियानमा एक बुज्रुक आमाको आशिर्वाद दिँदै थापा।

चुनावी घरदैलोका क्रममा बालबालिकासँग सेल्फी लिँदै गगन थापा।

गगन थापा नेपाली कांग्रेस