Logo
१३ वैशाख २०८१, बिहीबार

‘गोर्खा वारियर’को फस्ट लुक्स, सन १९४९ को युद्ध कथा

अक्षरपाटी
२०७९ मंसीर १४ , बुधबार ०२:११ मा प्रकाशित

काठमाडौं, १३ मंसिर। सन २०२३ मा विश्वव्यापी रिलिज हुने अन्तर्राष्ट्रिय चलचित्र ‘गोर्खा वारियर’को फस्ट लुक्स सार्वजनिक गरिएको छ।

भर्सटाइल निर्देशक मिलन चाम्सद्वारा निर्मित एवम् निर्देशत यो चलचित्र नेपाली, हिन्दी र अँग्रेजीसहित तीन भाषामा निर्माण गरिएको छ। गोर्खा वारियरको फस्ट लुक्सको रुपमा तीनवटा पोस्टर सार्वजनिक गरिएको हो।

सन १९४९ को ‘मलाया इमरजेन्सी जँगल वार’मा गोर्खाली सैनिकको शाहसिक युद्धकथालाई तस्बिरमार्फत फस्ट लुक्समा समेटिएको छ।

एउटा पोस्टरमा चलचित्रमा ब्रिटिस गोर्खा सैनिकको रुपमा मुख्य अभिनेता रितेश चाम्स खुकुरी हातमा लिएर क्रोधित भावमा प्रस्तुत भएका छन्।

यस्तै अर्को पोस्टरमा रितेश सहित गोर्खा सैनिक मेजरको भूमिका रहेका अर्का अभिनेता विजय लामा र अन्य कलाकार पनि ब्रिटिस गोर्खा सैनिककै भेषमा प्रस्तुत छन्।

सार्वजनिक गरिएको तेश्रो पोष्टरमा मुख्य अभिनेता रितेश चाम्ससहित उनको १२ जना ब्रिटिस गोर्खा सैनिकहरुको टिम युद्धमा जानको लागि तयारी मुद्रामा बसेका छन्। यी सबै पोस्टर खैरो रंगमा तयार गरिएको छ। युद्ध सम्बन्धि ऐतिहासिक कथामा चलचित्र रहेकाले पोष्टरको रंग ‘ग्रे कलर’मा तयार गरिएको निर्देशक चाम्सले बताएका छन्।

‘वार’ जनरामा निर्माण भएको यो चलचित्रबाट नायक रितेश चाम्सले डेब्यु गरेका छन्। रितेशसँगै गोर्खा वारियरमा बिजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतकाकलाकारको मुख्य भूमिका रहेको छ।