Logo
१३ वैशाख २०८१, बिहीबार

गायक सञ्जय चौधरीको थारु गीत ‘घरपाला मोद’

अक्षरपाटी
२०७९ पुस २ , शनिबार १०:१२ मा प्रकाशित

चितवन। चर्चित गायक सञ्जय चौधरीको नयाँ थारु गीत ‘घरपाला मोद’ सार्वजनिक भएको छ।

सेविल इन्टरटेनमेन्ट युट्युव च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो। दुई साथीबीच लामो समयपछि भेटघाट गर्ने क्रममा गरिने रमाइलो खानपानलाई गीतमा उठान गरिएको छ।

गीतमा शब्द र संगीत पनि गायक सञ्जय चौधरीकै छ। ड्रिम्स स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतलाई गणेश चौधरीले एरेञ्ज गरेका छन्।

गीतको भिडियो हिरा चौधरीले निर्देशन गरेका हुन। भिडियोमा चर्चित थारु मोडल मुस्कान चौधरी, निर्देशक सुरेश चौधरी, गायक तथा मोडेल रोहित सिंह चौधरीको अभिनय छ।

भिडियोलाई सुरेश चौधरीले नै सम्पादन गरेका छन्। यस गीतलाई लोकेन्द्रराज चौधरीले प्रस्तुत गरेका छन् भने निर्माता अरुण आर्यन चौधरी रहेका छन्।

गायक चौधरीले लामो समय पश्चात थारु गीत बजारमा ल्याएका हुन् । उनले स्वर दिएको ‘गल्ती छैन मेरो’, ‘हिजो आज’लगायतका पप गीतहरु चर्चित छन्।

गीत