Logo
८ पुस २०८१, सोमबार

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध र यतिको प्रदर्शन उडान

अक्षरपाटी
२०७९ पुस ७ , बिहीबार ०७:१२ मा प्रकाशित

पोखरा। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान र अवतरण गरिएको छ।

विमानस्थलमा आज बुद्ध र यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेका हुन्। यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २ः१५ बजे पुरानो विमानस्थलबाट उडान भइ पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २ः२७ मा अवतरण भएको जानकारी दिए।

‘मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आज यतिले प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको छ, उडानका क्रममा पाइटलहरुले विमानस्थल प्राविधिकरुपमा सञ्चालनका लागि तयार भएको प्रतिक्रिया दिनुभएको छ”, बर्तौलाले भने।

विमानका पाइटल प्रमोदराज गौतमले प्राविधिक रुपमा विमानस्थल अन्तर्राष्ट्रिय स्तरको भएको र अवतरण पनि सहज भएको प्रतिक्रिया दिए।

त्यस्तै विमानस्थलमा बुध्द एयरले पनि दिउँसो ३ः०६ बजे विमानस्थलमा अवतरण गरेको छ। बिमानस्थल अंग्रेजी नयाँ वर्ष सन २०२३ जनवरी १ मा उद्घाटन हुँदैछ।

विमानस्थलले यान्त्रिक परीक्षण उडान क्यालिब्रेसन फ्लाइट र संचालनपूर्व सुरक्षा परीक्षण सम्पन्न गरेको छ।

अहिले भइरहेको विमानस्थललाई जोमसोम, मनाङ जाने साना जहाज चलाउनका लागि प्रयोगमा ल्याइनेछ। आन्तरिक र अन्तर्राष्ट्रिय उडान अवतरणका लागि भने नयाँ विमानस्थल प्रयोग हुनेछ।