




काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच आज भेटवार्ता भएको छ।
सभापति लामिछानेको बुढानीलकण्ठस्थित निवासमा भएको भेटवार्ता करिब पाँच घण्टा चलेको थियो।
भेट आत्मीय तथा सौहार्दपूर्ण वातावरणमा विभिन्न समसामयिक विषयमा छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ।
भेटमा प्रधानमन्त्री शाहले हालै सम्पन्न भारत भ्रमण तथा भ्रमणका क्रममा भएका उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए।
त्यसक्रममा नेपाल–भारत सम्बन्ध तथा भ्रमणका उपलब्धिबारे समेत छलफल भएको बताइएको छ।
दुवै नेताबीच आगामी निर्वाचन र त्यसको तयारीका विषयमा पनि कुराकानी भएको छ। त्यस्तै, रास्वपाले सुरु गर्न लागेको प्रशिक्षण अभियानका सम्बन्धमा समेत छलफल भएको पार्टीले जनाएको छ।
भेटमा मन्त्री, मन्त्रालय र सरकारका कामकारबाहीका विषयमा पनि दुवै नेताबीच विचारविमर्श भएको थियो।
यसैगरी, सरकारले ल्याउन लागेको अध्यादेश तथा आगामी संसद् अधिवेशनका सम्बन्धमा पनि छलफल भएको रास्वपाले जनाएको छ।
रास्वपाका अनुसार भेटवार्ता समसामयिक राजनीतिक विषय, सरकारका कामकारबाही र आगामी निर्वाचनको तयारीलगायत विषयमा केन्द्रित रहेको थियो।
बालेन्द्र शाह रवि लामिछाने

