Logo
१२ वैशाख २०८१, बुधबार

कोभिडप्रति सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको अपिल

अक्षरपाटी
२०७९ पुस ९ , शनिबार ०५:१२ मा प्रकाशित

काठमाडौं। छिमेकी देशमा फेलिएको कोभिडको नयाँ भेरियन्ट नेपालमा पनि भित्रिने जोखिम रहेकाले सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गरी खुला सिमाना एवं विदेशबाट मानिसहरुको आवतजावतका कारण नेपालमा पनि संक्रमणको जोखिम उच्च रहेकाले सचेत हुन आग्रह गरेको हो।

कोभिडको नयाँ भेरियन्ट बीएफ ७ धेरै संक्रामक देखिएको छ। यसले चीन, जापान, दक्षिण कोरिया, हङकङ र थाइल्याण्डलगायतका देश प्रभावित हुँदै गएका छन्।

छोटो समयमा धेरै व्यक्तिमा संक्रमण हुने नयाँ भेरियन्ट अहिले छिमेकी देश भारत र चीनका लागि टाउको दुखाइ बनिसकेको छ। भारतले विदेशबाट आउनेहरुलाई कोभिड परीक्षण रिपोर्ट अनिवार्य गरेको छ।

स्वास्थ्य मन्त्रालयले भौतिक दूरी कायम गर्न र मास्क प्रयोग गर्न आग्रह गर्दै यसअघि छुटेकाहरुलाई तत्कालै कोभिडको बुस्टर डोज खोप लगाउन अपिल गरेको छ।