Logo
३१ भदौ २०८२, मंगलबार

झापामा हात्तीको आक्रमणबाट श्रीमतीको निधन, श्रीमान सिकिस्त

अक्षरपाटी
२०७९ पुस १७ , आईतबार ०९:०१ मा प्रकाशित

झापा। झापाको शिवशताक्षी नगरपालिका–११ मा जंगली हात्तीको आक्रमणबाट एक महिलाको निधन भएको छ।

गए राति शिवसताक्षी ११ को बच्चाबगरमा जंगली हात्तीको बथान गाउँ पसेको थियो। हात्तीले आक्रमण गर्दा कृष्णमाया भण्डारीको मृत्यु भएको हो।

हात्तीले घर भत्काउन खोजेपछि भण्डारीको परिवार घर बाहिर निस्केको थियो। त्यहीबेला हात्तीले आक्रमण गरेर घाइते बनाएको प्रहरीले जनाएको छ।

आक्रमण परी कृष्णमायाका श्रीमान् शान्तिराम भण्डारी पनि गम्भीर घाइते भएका छन्। कृष्णमायाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ भने उनका श्रीमान् शान्तिरामको उपचार भइरहेको प्रहरीले जनाएको छ।

छावासहित गाउँ पसेका ४ वटा हात्तीले शनिबार बेलुकी ११ बजेदेखि नै गाउँमा आतंक मच्चाएको स्थानीयले बताएका छन्।

जंगली हात्ती झापा