Logo
१५ चैत्र २०८०, बिहीबार

शेयर बजार ६४ अङ्कले बढ्यो, साढे ३ अर्ब रुपैयाँको कारोबार

अक्षरपाटी
२०७९ पुस २० , बुधबार ०४:०१ मा प्रकाशित

हिजो मङ्गलवार सामान्य घटेको शेयर आज बुधवार उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ६४ दशमलव ८७ अङ्कले बढेर दुई हजार एक सय २५ दशमलव ९४ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेर हरियाली बनेको शेयर बजारमा आज उत्पादन, माइक्रोफाइनान्स, बीमा र विकास बैंकको शेयर उच्च अङ्कले बढेको छ ।

आज दुई सय ५८ वटा कम्पनीका ८७ लाख ३३ हजार कित्ता शेयर तीन अर्ब ५० करोड ११ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन डिष्टिलरी लिमिटेडको ११ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भयो ।

आज नौ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ भने अरू २१ वटा कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्र बजार बढे पनि छ वटा कम्पनीको शेयर एक प्रतिशतभन्दा धेरैले घटेको छ ।