Logo
८ वैशाख २०८१, शनिबार

काठमाडौंको सामाखुशीमा आगलागी, निभाउने प्रयास जारी

अक्षरपाटी
२०७९ पुस २२ , शुक्रबार ०९:०१ मा प्रकाशित

काठमाडौं। काठमाडौंको सामाखुशी चोकस्थित आकाश जोगिनी पेट्रोल पम्प नजिक आगलागी भएको छ।

टोखा नगरपालिका १० मा पर्ने उक्त स्थानमा आज साँझ आगलागी भएको हो। सो आगलागी अहिले निभाउने कोसिस भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

आगो निभाउनका लागि काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको तीनवटा दमकल प्रयोग गर्नुका साथै नेपाल प्रहरीको पानीको फोर्सवाला सवारी साधनको समेत प्रयोग गरिएको छ।

आगो निभाउनका लागि अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली घटनास्थलमा रहेको प्रवक्ता मैनालीले बताए। आगलागी एउटा टहरोको पसलबाट सुरु भएको प्रहरीले जनाएको छ।

आगलागी सामाखुशी