Logo
४ असोज २०८३, आईतबार

जनकपुरको एक घरमा आगलागी हुँदा अवकाशप्राप्त शिक्षकको मृत्यु

अक्षरपाटी
२०८३ असोज ४ , आईतबार ०८:०९ मा प्रकाशित

जनकपुरधाम । गएराति जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोकस्थित एक घरमा आगलागी हुँदा ७० वर्षीय किशोरी सहनीको जलेर मृत्यु भएको छ।

स्थानीयका अनुसार राति अचानक घरमा आगलागी हुँदा अवकाशप्राप्त शिक्षक सहनीको मृत्यु भएको हो। आगलागीका क्रममा भाग्न नसकेका सहनीको जलेर घटनास्थलमै मृत्यु भएको बताइएको छ। उनकी नातिनीले भने बाहिर निस्किएर ज्यान जोगाएकी छन्।

आगलागीका कारण घरमा ठूलो क्षति पुगेको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले प्रारम्भिक रूपमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरेको छ।

आगलागी जनकपुरधाम

ट्रेन्डिङ ( साप्ताहिक )