Logo
४ वैशाख २०८१, मंगलबार

राष्ट्रपतिले चढिन साझाको बिजुली बस

अक्षरपाटी
२०७९ पुस २३ , शनिबार ०३:०१ मा प्रकाशित

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको बिजुली बस चढेर ललितपुर पुगेकी छन् ।

राष्ट्रपति भण्डारी आज दिउँसो शीतलनिवाशको प्राङ्गणबाट साझा यातायातको बिजुली बस चढेर पाटनढोका पुगेकी हुन्।

बस यात्राका क्रममा उनलाई साझा यातायातका कर्मचारीले स्वागत गरेका थिए ।

उनले पाटन ढोकामा रहेको मदन पुस्तकालयको निरीक्षण गरेकी छन् । त्यहाँ पुस्तकालयका पदाधिकारी र कर्मचारीले राष्ट्रपतिलाई सहजीकरण गरेका थिए।