Logo
३१ साउन २०८३, आईतबार

चवरा चौतारा समाजले धनगढीमा गर्यो रक्तदान

अक्षरपाटी
२०८३ साउन ३१ , आईतबार ०३:०८ मा प्रकाशित

धनगढी । चवरा चौतारा समाज धनगढीले आइतबार धनगढीमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । बिरामीका लागि आवश्यक रगतको अभाव हुन नदिन समाजले धनगढीको पार्कमोड अगाडि रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन भएको कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् । रक्तदान गर्नेहरूमा समाजमा आबद्ध सदस्य तथा अन्य रक्तदाताहरू रहेका थिए ।

समाजका अनुसार पछिल्लो समय समाजले सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न रचनात्मक तथा सामाजिक कार्यहरू गर्दै आएको छ । सोही क्रममा बिरामीलाई आवश्यक पर्ने रगतको आपूर्तिमा सहयोग पुर्‍याउने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

रक्तदान कार्यक्रम चवरा चौतारा समाजका अध्यक्ष दीपेन्द्र बमको अध्यक्षतामा सम्पन्न भएको थियो ।

चवरा चौतारा समाज रक्तदान