Logo
१६ चैत्र २०८०, शुक्रबार

‘चाहिदैन भो पैसाको थुप्रो नी’ म्युजिक भिडियो सार्वजनिक

अक्षरपाटी
२०७९ माघ ३ , मंगलबार ०९:०१ मा प्रकाशित

काठमाडौं। अमेरिका बसेर पनि नेपाली गीत संगीतमा सक्रिय गायक सुदन गैरेले नयाँ कोसेली ‘चाहिदैन भो पैसाको थुप्रो नी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन्।

पैसा कमाउनकै लागि विदेशिनु पर्दैन, विदेश जाने खर्चले नेपालमै केहि गर्न सकिन्छ भन्ने भाव गीतले व्यक्त गरेको छ।

गीतका शब्द गणेश शाहीका हुन भने संगीत स्वयम गायक गैरेको हो। गीतलाई पुष्कर सुनुवारले संगीत संयोजन गरेका हुन्।

भिडियोमा युवा दम्पतिको जीवन संघर्षलाई प्रस्तुत गरिएको छ। भिडियोमा बिना राउत र सरोज प्रजाले अभिनय गरेका छन्।

फराज अर्पणले छायाँकन र सम्पादन गरेको यस भिडियोलाई गणेश शाहीको निर्देशनमा तयार पारिएको हो।

गीत