Logo
१८ असोज २०८३, आईतबार

एक युवाले आफ्नै शरीरमा पेट्रोल छर्केर लगाए आगो

अक्षरपाटी
२०७९ माघ ५ , बिहीबार ०२:०१ मा प्रकाशित

काठमाडौं ५ माघ। काठमाडौंको सुन्धारमा रहेको सिभिल मलको भुइँ तलामा एक युवाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार २९–३० वर्षका विशाल लामिछाने गुरुङले सिभिल मलको भुइँतलामा आज ११ बजेर ४० मिनेटमा आफ्नै जीउमा आगो लगाएका थिए।

उनको उद्धार गरेर उपचारका लागि राट्रिय ट्रमा सेन्टरमा पठाइएको छ। घटनाको कारण नखुलेको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।