Logo
१४ वैशाख २०८१, शुक्रबार

शनिबारदेखि मृगौला प्रत्यारोपण गर्दै सुर्खेत प्रदेश अस्पताल

अक्षरपाटी
२०७९ माघ १० , मंगलबार ०९:०१ मा प्रकाशित

सुर्खेत १0 माघ । कुनै समय सुर्खेतको सदरमुकाम रहेको गोठीकाँडामा विसं २०१९ मा स्वास्थ्य केन्द्रका रुपमा स्थापना भएको हालको प्रदेश अस्पतालले पहिलोपटक मृगौला प्रत्यारोपण गर्ने भएको छ।

कोठीकाँडा दुर्गममा परिणत भए पनि २०२४ मा स्वास्थ्य केन्द्र सुर्खेत उपत्यकामा झरेपछि २०४९ सालमा २५ शय्याको अस्पतालका रुपमा विकास भएको थियो।

विसं २०७५ कात्तिक १३ गते प्रदेश अस्पतालमा परिणत भएको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्न लागिएको हो।

स्थापनाको ६० वर्षपछि पहिलोपटक प्रदेश अस्पतालले आगामी शनिबार मानव अंग प्रत्यारोपण प्रारम्भ गर्न लागेको अस्पतालले जनाएको छ।गर्नेछ ।

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र प्रदेश अस्पताल सुर्खेतबीच मिर्गौला प्रत्यारोपणका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको अस्पतालले जानकारी दिएको छ।

मिर्गौलारोगीको सङ्ख्या बढ्दै गएको अवस्थामा यो सेवा निकै प्रभावकारी हुने विश्वास गरिएको छ।

प्रत्यारोपणका लागि बिरामीले डेढ लाख रुपैयाँ र सरकारले सात लाखसम्म व्यहोर्ने अस्पतालले जनाएको छ।

मृगाैला प्रत्यारोपण