Logo
३० भदौ २०८२, सोमबार

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा

अक्षरपाटी
२०७९ माघ १६ , सोमबार ०२:०१ मा प्रकाशित

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तोकेको छ।

आयोगले राष्ट्रपतिको निर्वाचन आगामी फागुन २५ गते र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी तय गरेको हो।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए।

आयोगले त्यसबारे नेपाल सरकारका मुख्य सचिवमार्फत मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २९ गते सकिँदैछ।