Logo
२२ वैशाख २०८१, शनिबार

नेपाली सेनाको ‘सफा हिमाल अभियान’मा सूर्य नेपालको सहयोग

अक्षरपाटी
२०७९ माघ २४ , मंगलबार १०:०२ मा प्रकाशित

काठमाडौं २४ माघ। जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले नेपाली सेनाले ‘सफा हिमाल अभियान २०२३’ संचालन गर्ने भएको छ।

सो अभियान अन्तर्गत विश्वको सर्वोच्च शिखर सगरमाथासहित अन्य हिमालहरु (अन्न्पूर्ण र लोत्से)को सफाई गर्ने सेनाले जनाएको छ।

सूर्य नेपाल प्रालिले सो अभियानमा नेपाली सेना र गैर सरकारी संस्था ‘सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेण्ट नेपाल’सँग साझेदारी गर्ने भएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत सूर्य नेपाल प्रालिले १ करोड १० लाख सहयोग गर्ने भएको हो।

त्यसका लागि मंगलबार एक कार्यक्रमकाबीच नेपाली सेना, सूर्य नेपाल प्रालि र सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेन्ट नेपालबिच त्रिपक्षीय सम्झौता भएको हो।

सो सम्झौताले ‘सफा हिमाल अभियान’लाई सहयोग पुग्ने विश्वास गरिएको छ।

सम्झौता कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुन्दरकुमार पान्डे, प्रमुख सेनानी किसोर अधिकारि, सेन्टर फर रिसर्च एन्ड सस्टेनेबल डेब्लपमेन्ट नेपालका आनन्द मिश्रा, सूर्य नेपाल प्रा लिका प्रबन्ध निर्देशक रवी के रायवरम र प्रवन्धक प्रेम नारायण अर्यालको सहभागिता थियो।

 

 

 

नेपाली सेना सूर्य नेपाल प्रालि