Logo
७ पुस २०८१, आईतबार

एमालेलाई सुदूरपश्चिमबाट धक्का दियौँ : नेपाल

अक्षरपाटी
२०७९ माघ २८ , शनिबार ०४:०२ मा प्रकाशित

काठमाडौं २८ माघ। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकालेलाई सुदूरपश्चिमबाट धक्का सुरु भएको बताए।

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यो पार्टीको केही काम छैन भन्नेलाई सुदूरपश्चिममा धक्का दिएर देखाएको बताए।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीको काम छैन भनेको प्रसंगलाई कोट्याउँदै भने, ‘ओलीजीले एकीकृत समाजवादीको केही काम छैन भन्नुभएको थियो। सुदूरपश्चिमबाट एमालेलाई नै धक्का दिएका छौँ।’

उनले ‘एकीकृत समाजवादीको केही काम छैन, अर्थ छैन, भविष्य खत्तम छ भनेको होइन?’ भन्दै अहिले सुदूरपश्चिममा एमालेलाई नै ठूलो धक्का लागेको र यो सुरुवा मात्र भएको बताए।

सुदूरपश्चिममा २७ पुसमा मुख्यमन्त्री बनेका राजेन्द्रसिंह रावलले विश्वासको मत पाउन नसकेपछि उनी मदमुक्त भएर कांग्रेसका कमलबहादुर शाहको नेतृत्वमा सरकार बनेको थियो। जसमा एकीकृत समाजवादीका नरेश शाही मन्त्री छन्।

माधवकुमार नेपाल