



काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सचिवालयबाट २० जनालाई हटाएकी छन्।
प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले पत्नी संगीता श्रेष्ठलाई समेत सचिवालयमा नियुक्ति दिएको विवाद बाहिरिएपछि उनले सचिवालयको आकार घटाएकी हुन्।
सुशासन, भ्रष्टाचाररहित कर्मचारीतन्त्र र युवा पुस्तालाई स्वदेशमै गरिखाने मागसहित भएको जेनजी आन्दोलनको जगमा बनेको पूर्वप्रधानन्यायाधीश कार्की नेतृत्वको सरकारले मितव्ययिताका लागि विभिन्न ओहदा र पदमा रहेकाहरुको स्वकीय सचिवलगायत कटौतीको निर्णय सुरुमै गरेको थियो।
प्रधानमन्त्री कार्कीकै प्रमुख स्वकीय सचिव श्रेष्ठले पत्नीसहित नातेदारलाई सचिवालयमा सहसचिव र नासु सरहको नियुक्ति दिएको विषय समाचारमा आएपछि सचिवालयको ठूलो संख्या कटौती गरिएको हो।
प्रधानमन्त्री कार्कीले सचिवालय तथा विज्ञ समूहमा अब प्रमुख सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक र स्वकीय शाखा अधिकृत र जनस्वास्थ्य विज्ञ मात्र रहने गरी संख्या घटाएकी हुन्।
यसअघि २६ जनाको सचिवालय रहेकोमा त्यसको आकार घटाएर ६ मा झारेकी हुन्।
सुशीला कार्की



