काठमाडौं । भारतका विदेशसचिव विनयमोहन क्वात्राले श्री पशुपतिनाथ मन्दिरमा आज साँझ दर्शन पुजन गरेका छन् ।
नेपालका लागि भारतीय पुर्व राजदूत समेत रहिसकेका क्वात्रा तिनदिने नेपाल भ्रमणमा आएका हुन् ।
सोमबार साँझ क्वात्रालाई पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापाले मन्दिर परिसरमा स्वागत गरेका थिए।
‘नेपाल-भारत बिचको धार्मिक, सांस्कृतिक सम्बन्धलाई थप उँचो बनाउनेतर्फ आफ्नो भुमिका रहने’ विदेशसचिव क्वात्राले आफुसँगको साक्षात्कारमा बताउनु भएको डा थापाले जानकारी दिए।
महाशिवरात्रीको पुर्वसन्ध्यामा भारतीय विदेशसचिवको पशुपति दर्शनले बाह्य पर्यटन आगमनमा सकारात्मक प्रभाव पर्ने सदस्यसचिव डा थापाले बताए।