Logo
२७ वैशाख २०८२, शनिबार

कांग्रेस नेता चन्द्र भण्डारीको स्वास्थ्यमा सुधार

अक्षरपाटी
२०७९ फागुन ८ , सोमबार ०७:०२ मा प्रकाशित

काठमाडौं ८ फागुन। घरको ग्यास सिलिन्डर चुहिएर बिष्फोट हुँदा सिकिस्त घाइते भएका कांग्रेस नेता एवम् सांसद चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा सामान्य सुधार आएको छ। पछिल्लो स्वास्थ्य अवस्थाअनुसार परीक्षणका लागि भेन्टिलेटर हटाइएको छ।

उपचारका लागि भारतको मुम्बइमा रहेका भण्डारी बिहीबारदेखि त्यहाँको नेसनल बर्न सेन्टरमा उपचाररत छन्। भण्डारीको स्वास्थ्यमा सुधार आएपछि परीक्षणका रूपमा भेन्टिलेटर हटाइएको उनका सहयोगी माधव न्यौपानेले जनाएका छन्। न्यौपानेका अनुसार सोमबार बिहानसम्म नेता भण्डारीको सबै स्वास्थ्य ‘पारामिटर नर्मल’ छ।

भण्डारीलाई अहिले ज्वरो नआएको र सुन्निएको भागसमेत घट्दै गएकाले स्वास्थ्य सामान्यतर्फ गइरहेको न्यौपानेले बताए ।

गत बुधबार राति आफ्नै निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए।

घटनालगत्तै उनीहरू दुवैजनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरिकलाको भने उपचारकै क्रममा बिहीबार बिहान निधन भएको थियो।

चन्द्र भण्डारी