विराटनगर ९ फागुन। नेपाली कांग्रेसकी प्रदेशसभा सदस्य डोल्मा तामाङले प्रदेश नम्बर १ को नाम सगरमाथा राख्न प्रस्ताव गरेकी छन्।
कांग्रेस संसदीय दलको तर्फबाट प्रदेशसभा बैठकमा विशेष समयमा बोल्दै सांसद तामाङले अघिल्लो सरकारले प्रदेशको नाम राख्न नसेकेको भन्दै अब विलम्ब नगरी नामकरणमा जोड दिनुपर्ने बताइन्।
‘संसारले चिनेको विश्वकै अग्लो शिखरको नामबाट प्रदेश १ को नाम राख्न उपयुक्त हुन्छ, सगरमाथाको देश भनेर चिनिएको नेपालमा प्रदेशको नाम राख्न हामी किन पछि परिरहेको छौं,’ तामाङले भनिन्, ‘यो निर्णय गर्दा सबैको शिर उँचो हुन्छ। इज्जत पनि बढ्छ।’
अरू सबै प्रदेशले नाम राखिसकेको अवस्थामा प्रदेश १ ले अहिलेसम्म नाम राख्न नसक्दा शिर झुेकेको उनले बताइन्।
उनले प्रदेशले खर्च बढाएको भन्ने आरोपलाई चिर्न मन्त्रालयको संख्या घटाउने काम भएको र प्रदेशको औचित्य पुष्टि गर्नुपर्ने बताइन्। उनले कांग्रेस रचनात्मक प्रतिपक्षीको भूमिकामा रहने पनि बताइन्।
संसद तामाङ नेपाल महिला संघको पूर्व केन्द्रीय सदस्य एवम् नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको सदस्य समेत भइसकेकी युवा नेत्री हुन्।
डोल्मा तामाङ