Logo
२९ पुस २०८१, सोमबार

आईसीसी लिग २ खेल्न दुबई जाने राष्ट्रिय क्रिकेट टोलीको विदाइ, सन्दीप नजाने

अक्षरपाटी
२०७९ फागुन ११ , बिहीबार ०३:०२ मा प्रकाशित

काठमाडौं ११ फागुन। आईसीसी क्रिकेट विश्वकपलिग २ अन्तर्गत त्रिदेशीय शृंखला खेल्न दुबई जाने राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले विदाइ गरेका छन्।

विदाइका क्रममा प्रधानमन्त्री दाहालले खेलाडीलाई जितको शुभकामना दिँदै घरेलु मैदानमा शृंखला जित्ने नेपाली टोलीका सदस्यलाई जनही २ लाख रुपैयाँ दिने घोषणा गरेका छन्।

नेपाल क्रिकेट संघ क्यानले युएई जाने खेलाडीको सूचीमा सन्दीप लामिछानेको नाम भने राखेको छैन । लामिछानेको स्थानमा प्रतिस जिसीलाई पठाएको छ।

कानुनी अड्चन आउन सक्ने भएपछि विदेशमा हुने सिरिजका लागि क्यानले सन्दीपलाई समाबेस नगरेको हो। नाबालिग बलात्कारको आरोप लागेका सन्दीप लामिछानेको मुद्दा जिल्ला अदालत काठमाडौंमा विचाराधीन छ।

२० लाख रुपैयाँ धरौटीमा उच्च अदालत पाटनले छाडेपछि क्यानले घरेलु मैदानमा भएको स्कटल्याण्ड र नामिबियाविरुद्धको खेलमा लामिछानेलाई टिममा राखेको थियो।

नेपालले लिग टु अन्तर्गत १५ देखि २२ फागुनसम्म युएई र पपुवा न्युगिनीसँग खेल्दैछ। १५ गते पहिलो खेल पपुवा न्युगिनीसँग खेल्ने नेपाली टोली १३ गते नै युएई जाँदैछ।