Logo
२९ पुस २०८१, सोमबार

भैरहवामा डीसीएलाई उपाधि

अक्षरपाटी
२०७९ फागुन ११ , बिहीबार ०६:०२ मा प्रकाशित

धनगढी ११ फागुन । धनगढी क्रिकेट एकेडेमी (डीसीए)ले बिहीबार भैरहवा सम्पन्न खड्गप्रसाद गौचन मेमोरियल क्रिकेट प्रतियोगिताको उपाधि हात पारेको।

डीसीएले काठमाडौंको एक्सिलेन्स क्रिकेट एकेडेमी (सीईसी)लाई २ विकेटले हराउँदै उपाधि उचालेको हो।

टस हारेर ब्याटिङ गरेको सीईसीले ३९.२ ओभरमा सबै विकेट गुमाएर १४९ रन बनाएको थियो। उसका स्मिथ बुढाले ४६, उमकर यादवले २५ र सिद्धान्त सावदले २० रन जोडे।

बलिङतर्फ एसपीएका निशान्त रेग्मी, सचिन साउद र निरज ऐरले समान २–२ विकेट लिए। जवाफी ब्याटिङमा आएको डिसिएको ३१ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेटायो।

डीसीएका निरज ऐरले ३९ र रविन्द्र कुँवरले ३० रन जोडे। सीईसीका करण घर्तीमगर र ओकर यादवले २–२ विकेट लिए। खेलको म्यान अफ द म्याच डीसीएका निरज ऐर घोषित भए।

डीसीएले उपाधिसहित ३० हजार नगद हात पारेको छ।