Logo
२७ पुस २०८१, शनिबार

एकीकृत समाजवादीले एमालेलाई भन्यो : राष्ट्रपतिमा सघाउन सक्दैनौ

अक्षरपाटी
२०७९ फागुन १८ , बिहीबार १२:०३ मा प्रकाशित

काठमाडौं १८ फागुन। नेकपा एमालेले राष्ट्रपतिमा आफ्ना उम्मेदवारलाई सघाउन गरेको आग्रह नेकपा एकीकृत समाजवादीले अस्वीकार गरेको छ।

आज बिहान उपाध्यक्ष तथा राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङसहित एमाले नेताहरुसँगको भेटमा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रपतिमा नेम्वाङलाई सघाउन नसकिने जवाफ दिएका हुन।

एमालेले छलफलको वातावरण सुरु गरेकोमा धन्यवाद दिँदै समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले राष्ट्रपति निर्वाचनमा सघाउन नसकिने जवाफ दिएको जानकारी दिए।

आठ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिका उम्मेदवार छन्। एकीकृत समाजवादीले राष्ट्रपतिमा पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरिसकेको छ।